सोनम थापा निर्मित तथा अभिनित एकलव्य ट्रेलर रिलिज (भिडियो सहित)


Filmy Kura, Jul 8, 2019 at 5:30 pm

आगामी १० साउनबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘एकलव्य’को ट्रेलर सोमबार दिउँसो सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलबाट यो चलचित्रको ट्रेलर रिलिज गरिएको हो ।

अनमोल शर्माले निर्देशन गरेको चलचित्र ‘एकलव्य’को ट्रेलर एक्सन प्रधान रहेको छ । दर्जन भन्दा बढी चलचित्रमा मुख्य सहायक निर्देशक भएर काम गरिसकेका शर्माको यो डेब्यु निर्देशन हो । ट्रेलरमा गुण्डागर्दी, अपहरण, हत्या, भ्रस्टाचारजस्ता अहिलेका विविध समस्यालाई प्रस्तुत गरिएको छ । यसका निर्देशक शर्माका अनुसार ‘एकलव्य’ समसामयिक बिषयमा निर्माण गरिको सामाजिक प्रेम कथामा आधारित चलचित्र हो । यसमा फिल्म्का अभिनेताद्धय सोनाम थापा मगर र पुष्कर राउतको एक्सन ससक्त छ । यो चलचित्रमा सोनम थापा मगर, पुष्कर राउत, ओसिन भट्टराई, महिला सिलवाल, शुशिल पोखरेल, शुष्मा कार्की, राजेन्द्र दुलाल, बिराग लोगुनसहितको अभिनय रहेको छ ।

‘एकलव्य’ लाई राजेन्द्र दुलाल, सोनाम थापा मगर र अभी थापा मगरले निर्माण गरेका हुन् ।  यो चलचित्रमा कृष्ण श्रेष्ठको छायाँकन, अर्जुन जिसीको सम्पादन, कविराज गहतराज र रामजी लामिछोनेको कोरियोग्राफी, राजेन्द्र बजगाईंको गीत/संगीत, भोजराज देवकोटाको पटकथा /सम्बाद रहेको छ ।

एकलव्यका निर्माता तथा कलाकार सोनम थापा मगरसँग गरिएको कुराकानी यहाँ हेर्न सक्नुहुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो