त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र साईनोको ट्रेलर रिलिज (भिडियो)


Filmy Kura, Jul 11, 2019 at 7:19 pm


त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र ‘साईनो’ को ट्रेलर रिलिज गरिएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन मार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

नेपालको प्रथम नायिका भुवन चन्द निर्मित फिल्मलाई रमेश थापाले निर्देशन गरेका हुन् । निर्देशक थापाले फिल्ममा प्रेममा समर्पित जोडीले गरेको स्याक्रिफाइसलाई मूल रुपमा उठान गरिएको बताए । उनले चलचित्रमा प्रेम, भावना, विछोड, मिलन र द्धन्द सबैको समिश्रण रहेको भनाइ राखे । यता नेपालकी प्रथम नायिका भुवन चन्दले फिल्म निर्माणमा पहिलो पटक हात हालेको बताउँदै आगामी दिनमा पनि निर्माण प्रक्रियालाई निरन्तरता दिने जानकारी दिइन् । उनले भनिन्, ‘साउन २४ गते दर्शकसँग साईनो गास्न आउदैछौ । पछिल्लो समय फिल्म नै नहेरी टिप्पणी गर्ने प्रचलन छ । राम्रो भएपनि नराम्रो भएपनि हेरेर मात्र मूल्याङ्कन गरिदिनुहोला ।’ चलचित्र ‘साईनो’ मा मिरुना मगर र राजकुमारको प्रमुख भूमिका रहेको छ । राजकुमारले यसै चलचित्रबाट रजतपटमा डेव्यु गरेका हुन् । उनी यस फिल्मबाट निकै आशावादी छन् । यता मिरुनाले तामाङ समुदायको महिलाको चरित्र निर्वाह गरेको बताइन् । फिल्म हेर्दा कतिपय क्यारेक्टर आफ्नै जस्तो लाग्ने र दर्शकले रिलेट गर्न सक्ने भन्दै मिरुनाले ‘साईनो’ सपरिवार बसेर हेर्न मिल्ने खालको बनेको भनाइ राखिन् ।

चलचित्रमा राजकुमार र मिरुनाको अलवा नीता ढुंगाना, भुवन चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदिप श्रेष्ठ, श्याम राई शिखा मल्ल, राजा राजेन्द्र पोखरेल लगायतका कलाकारले अभिनय गरेका छन् । अभिमन्यु निरवीको लेखन रहेको फिल्ममा एलिस कार्कीको संगीत, रामजी लामिछानेको नृत्य तथा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ । चन्द्रविनायक फिल्मस्को व्यानरमा निर्माण भएको ‘साईनो’ आगामी साउन २४ गते देशभरका सिनेमा घरमा प्रदर्शन हुँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो