नायक रमित बने राजा साहेब, आजदेखि सुटिङ सुरु


Filmy Kura, Jul 22, 2019 at 7:23 pm


कुनै समय पर्दामा निकै रुचाइएका नायक रमित ढुङ्गाना केही समयको ग्याप पछि चलचित्रको पर्दामा फर्किएका छन् । उनको प्रमुख भूमिका रहने चलचित्र ‘राजा साहेब’ को सोमबार बिहान कोटेश्वरको महादेव मन्दिरमा पूजा अर्चना गर्दै सुटिङ सुरु गरिएको छ ।

रमित अब ‘राजा साहेब’ को भूमिकामा देखिने भएका छन् । सोमबार निर्माण यूनिटले पत्रकारमाझ आफ्नो फिल्मको बारेमा जानकारी गराएको थियो । रमितले मिडियासँग बोल्दै भने, ‘मेरो डेव्यु चलचित्र माया नमारमा एसिस्टेन्ट डिरेक्टर भएर काम गरेका बिचल किरातीले राजा साहेबको लागि अफर गर्नुभयो । दर्शकले पुरानै माया यो चलचित्रमा पनि दिनु हुन्छ भन्ने आशामा छु । फिल्मको नाम राजा साहेब भएपनि यो चलचित्र राजासँग कहि कतै जोडिएको छैन ।’ उनले चलचित्रमा आफूले पाएको जिम्वेवारी मिहेनतका साथ निर्वाह गर्ने समारोहमा बताए ।


किराती फिल्मस् प्रोडक्सन र आकाश फिल्मस्को व्यानरमा संयुक्त रुपमा निर्माण हुन लागेको ‘राजा साहेब’ लाई डेढ दशक देखि फिल्म क्षेत्रमा संघर्षरत बिचल किरातीले निर्देशन गर्नेछन् । यस अघि उनले ‘परदेशीको जिन्दगी’ नामक फिल्मबाट निर्देशनमा डेव्यु गरेका थिए । पत्रकारमाझ बोल्दै निर्देशक किरातीले भने, ‘चलचित्र क्षेत्रमा संगालेको अनुभवका आधारमा राजा साहेब उत्कृष्ट बनाउने प्रयास गर्नेछु । समय सापेक्ष यो चलचित्रमा कमेडी, लभ, एक्सन तीनै कुराको समिश्रण गर्नेछु । नयाँ देखि पुराना कलाकारलाई मिलाएर राखिएको छ । प्रोडक्ट राम्रै निस्कछ भन्नेमा म आशावादी छु ।’

यो चलचित्रमा रमित ढुङ्गाना, धिरेन शाक्य, जय किशन बस्नेत, उमेश खड्का, प्रज्वल गिरी, सोनिका केसी, आयुषा राई, पुष्कर रेग्मी, टार्जन, विशाल पहाडी, भरत कार्की लगायतका कलाकारको अभिनय रहनेछ । यसै चलचित्रबाट नायिकाको रुपमा द्धय सोनिका र आयुषाले डेव्यु गर्दैछन् । यि दुईले अडिसनबाट आफूहरु छानिएको भन्दै आफ्नो क्यारेक्टरलाई न्याय दिन कोसिस गर्ने बताए । यता कलाकार उमेश खड्काले हिरो रमितलाई टक्कर दिने सशक्त भिलेन अवतारमा आफू प्रस्तुत हुने भनाई राखे । जय किशन र टार्जनले यो टिममा आबद्ध हुँदा पुराना दिन सम्झदै रमितसँग फिल्म गर्दा छुट्टै मज्जा आउने भनाई राखे ।


शान्ता ढकालको प्रस्तुतिमा निर्माण हुने यस चलचित्रमा चन्द्र लामा, ज्याक सुब्बा र भीम कार्कीको मुख्य लगानी रहनेछ । शंकर न्यौपाने, आकाश राई र आयुषा राई कार्यकारी निर्माता रहेको फिल्ममा सिसम डांगी सह–निर्माताको रुपमा जोडिएकी छिन् । ४० दिनको सुटिङ सेड्युअल लिएर आज देखि फ्लोर उत्रिएको ‘राजा साहेब’ मा ओम सुनारले संगीत भर्नेछन् । अन्जु पन्त, इन्दिरा जोशी प्रताप दास, ओम सुनार र कविता श्रेष्ठको पाश्र्व गायन चलचित्रमा रहनेछ । पवन गौतमले खिच्ने फिल्ममा श्री श्रेष्ठको द्धन्द, रामजी लामिछानेको नृत्य तथा समिर मियाको सम्पादन रहनेछ ।

गोपालकाजी कायस्थले वितरण गर्ने सिनेमा आगामी कार्तिक ८ लाई रिलिज तय गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो