राज चाम्लिङ्ग निर्देशित चलचित्र बैना बट्टाको पहिलो गीत रिलिज (भिडियो)


Filmy Kura, Jul 24, 2019 at 4:19 pm


नेपाली चलचित्र बजारमा एक पछि अर्को नयाँ फिल्म निर्माण भइरहेका छन् । यसैबीच राज चाम्लिङ्ग निर्देशित चलचित्र ‘बैना बट्टा’ को पहिलो अफिसियल गीत रिलिज गरिएको छ ।

सार्वजनिक ‘तिमी सँग’ बोलको गीतमा नयाँ कलाकार फिचर भएका छन् । दीपा लामा र सन्तोष राईको युगल स्वर रहेको गीतलाई कमल राईले नृत्य निर्देशन गरेका हुन् । देवेन्द्र नेम्वाङ्ग र कविता राईको प्रमुख भूमिका रहेको यो चलचित्रले नेपालको सुदुर पुर्वी जिल्लाहरुमा बसोबास गर्ने लिम्बु लगायत आदिवासी समुदायमा रहेको एक प्रथालाई चित्रण गर्न खोजेको छ ।

सुम्हात्लुङ फिल्मस् प्रा.लिका लागि प्रेम लावती निर्मित यो फिल्ममा देवेन्द्र र कविताको अलवा बाबु मोक्तान बिएल, रश्मिला तामाङ, अर्जुन श्रेष्ठ, नरेश बनेम, रिया सुब्बा, रोमन सिंह, प्रकाश थेवे लगायतका अन्य कलाकारले अभिनय गरेका छन् । एविराज आङ्देम्वे, राम लावती, भवानी घिमिरे, विक्रम नेम्वाङ र राधा लामा ‘बैना बट्टा’ का सह–निर्माता हुन् ।

देवजंग थापाले छायांकन गरेको यस फिल्मलाई फास्ट कास्ट क्रियशनले सम्पादन गरेको हो । फिल्मको रिलिज मिति भने तय हुन बाकी छ । यो चलचित्रको सार्वजनिक गीत ओएसआर युट्युव च्यानलमा हेर्न सकिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो