हराएको माया खोज्दै आर्यन सिग्देल, हजार जुनीसम्म ट्रेलर रिलिज (भिडियो)


Filmy Kura, Jul 26, 2019 at 3:32 pm


प्रेम र मायाले भरिएको चलचित्र ‘हजार जुनीसम्म’ को ट्रेलर रिलिज गरिएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी लभस्टोरी जनराको चलचित्रको अफिसियल ट्रेलर सार्वजनिक गरिएको हो ।


ट्रेलरमा हराएको माया खोज्दै नायक आर्यन सिग्देल सिकिम सम्म पुगेको देखाईएको छ । उनले यो चलचित्रमा डबल रोल निभाएका छन् । जवान र बुढ्यौली दुई उमेरमा आर्यन प्रस्तुत भएका छन् । चलचित्रमा आर्यन सहित प्रियंका कार्की, सन्चिता लुँईटेल, स्वस्तिमा खड्का, सलोन बस्नेत, अखिलेश प्रधान, शिवहरि पौडेल, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ । यसै फिल्मबाट अखिलेशले नायकको रुपमा डेव्यु गरेका छन् ।

समारोहमा बोल्दै नायक आर्यनले ‘हजार जुनीसम्म’ पारिवारिक एक सफा र सरल फिल्म बनेको भनाइ राखे । यता नायिका स्वस्तिमाले टिमवर्क राम्रो भएका कारण फिल्मको रिजल्ट राम्रै आउनेमा आफू विश्वस्त रहेको बताइन् । उता नायिका सन्चिताले फिल्म पूर्ण पारिवारिक बनेको दाबी गरिन् । विकाश राज आचार्य निर्देशित यो चलचित्रलाई विशाल चाम्लिङ्गले निर्माण गरेका हुन् ।


अस्वस्थताका कारण निर्देशक आचार्य भने ट्रेलर रिलिज समारोहमा अनुपस्थित थिए । विकाश राज र सामिप्यराज तिमिल्सिनाको पटकथा तथा संवाद रहेको चलचित्रमा विशाल चाम्लिङ्गको कथा रहेको छ । लेखक सामिप्यले चलचित्र ‘हजार जुनीसम्म’ लाई ‘नाई नभन्नु ल’ कै सिरिज रुपमा व्याख्या गरे । साउन ३० रिलिज हुने यस चलचित्रमा अर्जुन जिसीको सम्पादन, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य, उदय सोताङ, बसन्त सापकोटा, राजनराज शिवाकोटी र प्रविन पौडेलको संगीत रहेको छ । चलचित्रको कार्यकारी निर्माता कविता रेग्मी हुन् ।

पोखरा, चितवन, सिक्किम लगायतका स्थानमा खिचिएको यो चलचित्रको सार्वजनिक गीतले भने राम्रै चर्चा पाउन सफल भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो