मुस्ताङको रमणिय दृश्यमा सुशील र रुविना बने रोमान्टिक, लभ डायरीज गीत रिलिज (भिडियो)


Filmy Kura, Jul 29, 2019 at 7:05 pm


चलचित्र ‘लभ डायरीज’ को रोमान्टिक गीत रिलिज गरिएको छ । काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरी निर्माण यूनिटले मुस्ताङको रमणिय दृश्यमा छायांकन गरिएको रोमान्टिक गीत सार्वजनिक गरेको हो ।

डेव्यु एक्ट्रेस रुविना थापा र नायक सुशील श्रेष्ठले गीतमा प्रेमभाव व्यक्त गरेका छन् । सुगम पोखरेल र श्वेच्छा ठकुरीको युगल गायन रहेको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ । गीत रिलिज समारोहमा बोल्दै नायक सुशीलले भने, ‘मैले साढे २ वर्ष ग्याप लिएपछि लभ डायरीज मार्फत केही नौलो स्वाद दर्शकमाझ पस्कने कोशिस गरेको छु । यो गीतको लागि धेरै मिहेनत गरेका छौ । बिहान ३ बजे नै हिडेर गीत छायांकन स्थल सम्म पुग्दा निकै थाकिन्थो । दिउँसो बादल लागेर छायांकन गर्न गाह्रो पर्ने भएकाले बिहान ७ बजे नै सेटमा रेडी भइसक्नुपथ्र्यो ।’ उनले गीत सुट गर्दाको पल सम्झदै मिहेनत अनुसार भिडियो निकै राम्रो बनेको बताए । यता डेव्यु एक्ट्रेस रुविनाले मिडियाले नै पूलको काम गर्ने भएकाले आफ्नो हर प्रयास यो फिल्ममा लगाएको भन्दै आगामी दिनमा अझ कमजोरी सुधार्दै लैजाने बताइन् ।

चलचित्र ‘लभ डायरीज’ लाई सौरभ चौधरीले निर्देशन गरेका हुन् । पेशाले इन्जिनियर यिनले यस अघि नायक भएर समेत फिल्ममा अभिनय गरिसकेका छन् । पर्यटन व्यवसायी विनोद सापकोटा निर्मित चलचित्रमा सुशील श्रेष्ठ, रुविना थापा, विश्वजित रिमाल लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ । फिल्ममा विक्रम लामा र एन्जिला खत्रीको कोरियोग्राफी, मधु बास्तोलाको पटकथा तथा संवाद, सञ्जय लामाको छायाकन तथा मिलन श्रेष्ठको सम्पादन रहेको छ । आगामी असोज ३ गते सार्वजनिक प्रदर्शनमा आउने यस चलचित्रमा लामो समय देखि ट्रेलर काट्दै आएका शाहिल खानले असोसिएट निर्देशकको रुपमा काम गरेका छन् ।

उनले चलचित्रका वितरकले आफूहरुलाई धोका दिएको भन्दै गुनासो समेत व्यक्त गरे । उनले थपे, ‘चलचित्र क्षेत्रमा नयाँ आउने जो कसैलाई सहयोग भन्दा पनि हतोत्साही बनाउने गरिन्छ । वितरकले गफ मात्र दिने कारण पनि नयाँ मेकरलाई काम गर्नै गाह्रो हुने गरेको छ ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो