चलचित्र मारुनीको अफिसियल पोस्टर सार्वजनिक


Filmy Kura, Aug 2, 2019 at 9:36 am


प्रेमकथामा आधारित चलचित्र ‘मारुनी’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । बिहीबार निर्मात्री पुनम क्षेत्री गौतमले एक लामो स्टाटस फेसबुकमा लेख्दै पोस्टर आउट गरेकी हुन् ।

सार्वजनिक पोस्टरमा नायक पुष्पल खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई फिचर गरिएको छ । यि दुवैको एउटा एउटा आखा लुकाइएको पोस्टर निकै आकर्षक बनेको छ । पुनम इन्टरटेन्मेन्टको लागि नवल नेपाल निर्देशित ‘मारुनी’ भदौ १३ गतेलाई रिलिज कन्फर्म गरिएको निर्मात्री गौतमले बताएकी छिन् । उनि अगाडि लेख्छिन्, ‘अहिले सम्म यहाँहरुले देखाउनु भएको मायाले निकै खुसी बनाएको छ । यो माया सधै रहोस् भन्ने चाहान्छु ।’ अबको केही दिन पछि फिल्मको ट्रेलर सार्वजनिक गरिने उनको भनाइ छ ।


पुष्पल र साम्राज्ञीको अलवा यो चलचित्रमा रेविका गुरुङ, आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेडाई, विनोद भट्टराई, सुशील क्षेत्री लगायतका कलाकारको अभिनय रहेको छ । यस अघि सार्वजनिक फिल्मको गीत ‘सक्दिन म बाँच्न’ लाई युट्युबमा २१ लाख भन्दा बढी पटक हेरिएको छ । चलचित्रको गीतमा दीपक बज्रचार्य, अर्जुन पोखरेल र कृष्ण काफ्लेले संगीत भरेका छन् । सञ्जय लामाको छायांकनमा तयार चलचित्रलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् । गोविन्द फुँयाल फिल्मका लेखक हुन् भने निर्देशक नवलले उनलाई लेखनमा सहयोग पु¥याएका छन् । पुनमलाई चलचित्र निर्माणमा लगानी साझेदारी गर्दै राजा प्रधान, दर्शक केसी र मिना क्षेत्रीले साथ दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो