मिस्टर वल्र्डमा सहभागी हुँदै अक्षयजंग रायमाझी


Filmy Kura, Aug 2, 2019 at 9:56 am


‘मिस्टर नेपाल २०१७’ को विजेता अक्षयजंग रायमाझीले ‘मिस्टर वल्र्ड २०१९’ मा सहभागीता जनाउने भएका छन् । बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा एक सय भन्दा बढी देश सहभागी हुने उक्त प्रतियोगितामा नेपालको तर्फबाट रायमाझी भाग लिन जान लागेको कुरा जानकारी गराइएको हो ।

यहि अगष्ट ६ देखि आयोजना हुने उक्त प्रतियोगिता फिलिपिन्सको राजधानी मनिलामा हुँदैछ । काठमाडौंका रायमाझीले उक्त प्रतियोगितामा नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नेपालको कलासंस्कृति, भेषभुषाको विश्वभर प्रचार गर्नेछन् । २००१ बाट एक्सपोज नेपालले प्रत्येक वर्ष मिस्टर नेपालको आयोजना गर्दै आइरहेको छ । युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर, नेतृत्वदायी क्षमता विकास लगायत बहुआयामिक क्षमता विकास गर्ने उद्देश्यले मिस्टर नेपाल आयोजना गरिदै आएको एक्सपोज नेपालकी सिइओ अर्चना थापाले बताइन् ।

यता मिस्टर वल्र्डमा भाग लिन जान लागेका अक्षयजंगले आफूले नेपाल चिनाउनको लागि बुद्धको शान्ति भूमि, सगरमाथा लगायतका क्षेत्रको विश्वभर प्रचार गर्ने भनाइ राखेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो