फ्राइडे रिलिजमा न यता न उता, प्रिमियरमा मिश्रित प्रतिक्रिया


Filmy Kura, Aug 2, 2019 at 10:28 am


फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबार ‘न यता न उता’ चलचित्र प्रदर्शनमा आएको छ । तन्त्रालय फिल्मस्का लागि हाइलाइट्स नेपाल प्रस्तुत चलचित्र ‘न यता न उता’ को रिलिजको अघिल्लो दिन अर्थात बिहीबार ललितपुरमा रहेको लबिम मलमा अवस्थित क्यूएफएक्स हलमा प्रिमियर शो गरिएको थियो ।

४० उमेर कटेका दुई युवाले जीवनसाथी खोज्दै भौतारिएको कथा यो चलचित्रमा देखाउन खोजिएको छ । चलचित्रमा समिर दिक्षित, मिराज रोश, ऋचा शर्मा, छुल्ठिम गुरुङ, कमलमणी नेपाल, रविन्द्र झा, नम्रता सापकोटा, बुद्धि तामाङ, राजाराम पौडेल, जयनन्द लामा लगायतका कलाकारको अभिनय रहेको छ । मिराज रोश र बिसारत बस्नेतको निर्देशनमा तयार चलचित्रलाई मिराज रोशले निर्माण गरेका हुन् । उनी आफैको लेखन चलचित्रमा रहेको छ । फिल्म हेरिसकेपछि कलाकार कमलमणी नेपालले कहि कतै बोर फिल नभएको बताए । उनले फिल्म राम्रो बनेको भन्दै आफूले यसमा केही फरक गर्ने कोसिस गरेको बताए । यो चलचित्रमा उनी नेगेटिभ चरित्रमा देखिएका छन् । यता कलाकार राजाराम पौडेलले लाइफकै पहिलो चोटी ‘न यता न उता’ मा धेरै क्यारेक्टर बहन गरेको भन्दै यतिको राम्रो बन्छ भन्ने नलागेको भनाइ राखे । नायिका द्धय नम्रता र छुल्ठिमले सबैको क्यारेक्टरबाट फन अनि लभ दुवै मिलेको बताए । नम्रता शहरिया युवतीको भूमिकामा देखिएकी छिन् भने छुल्ठिम गाउले युवतीको भूमिकामा । फिल्म हेरुन्जेल रमाइलो लाग्ने यि दुईको भनाइ थियो । उमेर कटेपनि आशा र भरोसा राख्दै मायालु जीवनसाथी खोज्ने चरित्र बहन गरेका छन् समिर र मिराजले । फिल्मको लेखक, निर्देशक तथा शीर्ष कलाकार मिराजले यो चलचित्र अलिक लाउड रहेको बताए । उता समिरले दर्शकलाई यतिको चलचित्रले इन्टरटेन दिने दाबी गरे ।

लमजुङ, काठमाडौं र लण्डनमा छायांकन गरिएको फिल्मले कला संस्कृतिको पक्ष समेत उठान गरेको छ । चलचित्रलाई एरोन अशोककुमारले खिचेका हुन् । प्रिमियरमा मिश्रित प्रतिक्रिया पाएको यो चलचित्र कमेडी बेसमा आधारित छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो