रहस्य भित्रको रहस्यमय कथामा षट्कोण चलचित्र निर्माण हुँदै


Filmy Kura, Aug 4, 2019 at 5:13 pm


रहस्य नै रहस्यले भरिएको चलचित्र ‘षट्कोण’ निर्माण गरिने भएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मनोविज्ञानमा आधारित यो चलचित्र निर्माण गरिने औपचारिक घोषणा गरिएको हो ।

मिलन डि काप्रीको निर्देशनमा बन्न लागेको यो चलचित्रमा कर्मा, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, विराज कडरिया, शिशिर वनेमको प्रमुख भूमिका रहनेछ । महिला कलाकार भने फाइनल हुन बाँकी रहेको यो चलचित्रमा शिशिर वनेमको कथा तथा पटकथा रहेको छ । भाद्र १८ गतेबाट छायांकनमा जाने चलचित्रमा कलाकार कर्माले आफू पत्रकारको रोलमा रहेको समारोहमा बताए । यता यसै चलचित्रबाट निर्देशनमा डेव्यु गर्न लागेका मिलनले यस अघि विभिन्न चलचित्रमा एसिस्टेन्ट डिरेक्टर भएर काम गरेको अनुभवका आधारमा निर्देशनमा हात हालेको बताए । उनले कलाकारले आफू प्रति देखाएको विश्वासले अझ काम गर्न हौसला मिलेको भनाइ राखे ।

क्लेमेन्टाइन प्रोडक्सन प्रा.लि.को व्यानरमा निर्माण हुन लागेको यस चलचित्रलाई आङछेन लामाले खिच्नेछन् । भिमफेदी र काठमाडौंमा छायांकन गरिने ‘षट्कोण’ मा अशेस लुइटेलले मुख्य सहायक निर्देशकको जिम्वेवारी सम्हाल्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो