मनको राजा रुद्रसेनको मैथिली गीतमा आवाज, फिमेल भोकल दिईन् ज्योतिले


Filmy Kura, Aug 4, 2019 at 6:10 pm


यस अघि ‘मनको राजा’ एल्बम निकालेका गायक रुद्रसेन विश्वकर्माले मैथिली गीतमा आवाज भरेका छन् । केही दिन पहिले युट्युब मार्फत सार्वजनिक गरिएको ‘कानोमे आँहाके झुमका’ बोलको गीतमा रुद्रसेनलाई फिमेल भोकलमा लोक तथा दोहोरी गीतको क्षेत्रमा आफ्नो बोल्ड प्रस्तुतिले छुट्टै पहिचान बनाएकी गायिका ज्योति मगरले साथ दिएकी छिन् ।


स्वयम गायक रुद्रसेनको शब्द तथा संगीतमा तयार भएको यस गीतमा मिथिला क्षेत्रको सांस्कृति पक्षको समेत चर्चा गरिएको छ । आरजे म्युजिक प्रोडक्सन युट्युब च्यानलबाट रिलिज गरिएको यो गीतलाई यतिबेला दर्शक तथा श्रोताले राम्रो प्रतिक्रिया दिइरहेका छन् । सार्वजनिक भिडियोलाई दीपक गिरीले खिचेका हुन् भने प्रदीप रसाइलीले निर्देशन गरेका हुन् । भिडियोमा रिचा थापा र रुद्रसेन फिचर्ड भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो