मस्ती सरकार टाइटलमा काण्डै काण्ड जोडेर प्रेमले ल्याए गाईजात्रा (भिडियो)


Filmy Kura, Aug 4, 2019 at 6:46 pm


गाईजात्रा पर्व नजिकिदै छ । यतिबेला कलाकारहरुले धमाधम ‘गाईजात्रा’ को अवसर पारेर व्यङ्ग्यात्मक भिडियो युट्युब मार्फत सार्वजनिक गर्न थालेका छन् । यहि श्रावण ३१ गते परेको ‘गाईजात्रा’ को अवसरमा युवा हास्यव्यङ्ग्यकार प्रेमराज लामिछानेले ‘मस्ती सरकार’ टाइटलमा आइतबार एक गाईजात्रै भिडियो सार्वजनिक गरेका छन् ।

साइनिङ्ग नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोमा वाइडबडी, ३३ किलो सुन काण्ड देखि चलचित्र क्षेत्रको नालीबेली समावेश गरिएको छ । यति मात्र होइन पछिल्लो समय युट्युब च्यानलमा राखिने भिडियोलाई लिएर समेत उनले कडा व्यङ्ग्य गरेका छन् । हत्या, हिंसा र बलात्कार जस्तो संवेदनशिल विषयमा भ्युजको लागि गरिने सस्तो रिपोटिङ्गलाई लिएर उनले युट्युवर माथि कडा प्रहार गरेका छन् । दुई तिहाई सरकारले आश्वासन मात्र दिएको भन्दै भिडियोमा उनले निराशा प्रकट गरेका छन् ।

प्रेमको यो तेस्रो गाईजात्रे भिडियो हो । यस अघि ०७५ मा उनले ‘पानीजहाज’ शीर्षकमा गाईजात्रा निकालेका थिए । उक्त भिडियोलाई युट्युबमा दश लाख पटक हेरिएको छ । हाल सार्वजनिक उनको यो ‘गाईजात्रा’ भिडियोमा कलाकारहरु इशान राउत ‘जिरे’, सन्जिव खनाल, किशोर कार्की, सन्दिप डिसी, सन्चिता पाठक, प्रन्जल आचार्य र संगीत वली फिचर भएका छन् । सन्दिप डिसीको निर्देशन रहेको भिडियोलाई रोशन भाटले खिचेका हुन् । प्रेमराजको लेखन तथा प्रस्तुति रहेको यो भिडियोलाई एक्सन मिडियाले निर्माण गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो