रातो टीका निधारमा फिल्मको गीत रिलिज, डेव्यु हिरो अंकितको खुलेन एक्सप्रेसन (भिडियो)


Filmy Kura, Aug 8, 2019 at 8:10 pm


नेपालीहरुको महान चाड बडा दशैंलाई रिलिज लक्ष्य राखेको चलचित्र ‘रातो टीका निधारमा’ को पहिलो अफिसियल गीत सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको लभ सङ्गमा निशान भट्टराई र अश्मिता अधिकारीको स्वर रहेको छ । कल्याण सिंहको संगीत रहेको गीतलाई रवि मल्ले रचना गरेका हुन् ।

यसै फिल्मबाट अंकित शर्माले नायकको रुपमा डेब्यु गरेका छन् । निर्माता, निर्देशक तथा कलाकार अशोक शर्माका छोरा हुन् अंकित । सार्वजनिक गीतमा डेब्यु हिरो अंकित र हिरोइन साम्राज्ञीराज्य लक्ष्मी शाह फिचर्ड छन् । गीतमा अंकितले एक्सप्रेसन अझ खुलेर दिन नसकेको देख्न सकिन्छ । सायद क्यामेरासँग फेमिलियर नभएर पनि हुन सक्छ । गीतमा मायाको वर्णन गरिएको छ । सारीमा सजिएकी साम्राज्ञीलाई भने अझ सुन्दर देखिएको छ ।

अशोक शर्माको लेखन तथा निर्देशन रहेको यस चलचित्रमा साम्राज्ञी र अंकितको अलवा बुद्धिराम तामाङ, रविन्द्र कुमार झा, शिवहरि पौडेल, नीता ढुंगाना, खुश्वु खड्का, लक्ष्मी गिरी, अरुणा कार्की, बसुन्धरा भुषाल, राजाराम पौडेल, जयनन्द लामा लगायतको अभिनय रहेको छ । किरण शर्मा र कृति शर्माको लगानीमा तयार यस चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन तथा मित्र डि गुरुङको सम्पादन रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो