साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?


Filmy Kura, Aug 11, 2019 at 7:10 pm


शुक्रबार देखि प्रदर्शनमा आएको चलचित्र ‘साइनो’ ले पहिलो दिनको तुलनामा शनिबार र आईतबार उत्साहप्रद व्यापार गरेको छ । नेपालको प्रथम नायिका भुवन चन्दले निर्माण गरेको यो चलचित्रले ३ दिनमा अल नेपालबाट झण्डै ७० लाखको ग्रस कलेक्सन गरेको वितरक कम्पनीले जनाएको छ ।

शनिबार फिल्मका शीर्ष कलाकार मिरुना मगर, राजकुमार, राजा राजेन्द्र लगायतको टोली राजधानीको विभिन्न हलमा पुगेको थियो । दर्शक प्रतिक्रियाबाट डेब्यु हिरो राजकुमार निकै खुसी छन् । यता मिरुनाको फिल्मी करिअरमा पनि ‘साइनो’ ले महत्वपूर्ण भूमिका खेलेको छ । यस अघि उनी अभिनित ‘रोज’ र ‘लालपूर्जा’ ले कमजोर व्यापार गरेको थियो । त्रिकोणात्मक प्रेमकथामा आधारित यो चलचित्रमा मिरुना, राजकुमार, राजा राजेन्द्रको अलवा नीता ढुंगाना, श्याम राई, विशाल पहाडी, रोयदीप श्रेष्ठ लगायतको अभिनय रहेको छ ।


त्यसो त साउन महिनामा हाल सम्म रिलिज भएका अन्य कुनै चलचित्रले उत्साहप्रद व्यापार गर्न सकेनन् । आशा गरिएको ‘साइनो’ लाई केहीहद सम्म साउने झरीले प्रभाव पारेपनि सोमबार र मंगलबार शनिबारकै दाजोमा हलसम्म दर्शक तानेमा करोड माथिको व्यापार गर्न सक्ने देखिन्छ । अभिमन्यु निरबीको लेखन रहेको यस चलचित्रलाई रमेश थापाले निर्देशन गरेका हुन् । डेब्यु निर्देशक थापाले चलचित्र हेर्नेबाट हालसम्म पोजेटिभ नै कमेन्ट मिलेको बताएका छन् । चन्द्रबिनायक फिल्मस्को व्यानरमा निर्माण भएको ‘साइनो’ मा शरण थापाले लगानी लगाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो