देशभरका हल-हलमा : छ माया छपक्कै


Filmy Kura, Oct 11, 2019 at 4:16 pm

 

असोज २४ गते शुक्रबार देखि चलचित्र ‘छ माया छपक्कै’ अल नेपाल रिलिज भएको छ । निर्माणताका देखि नै चर्चामा रहेको यस चलचित्रले प्रदर्शन आरम्भसंगै सफलताको संकेत देखाएको छ । देशका लगभगप्राय: सिंगल् तथा मल्टिप्लेक्स हलहरू हाउसफूल भएको निर्माणपक्षले जनाएको छ । यही गतीमा शुक्रबार सहित, शनिबार र आईतवार पनि चलचित्र हाउसफूल हुने हो भने, ‘छ माया छपक्कै’ले आफ्नो लगानी सुरक्षित गर्ने निश्चित देखिन्छ ।

यस अघि चलचित्र ‘छक्का पन्जा’को क्रमश: तीन वटा सिरिज बाट अत्याधिक चर्चा र दाम कमाउन सफल दीपक-दीपा लगायतको टिमले यो पटक चै ‘छक्का पन्जा’को ह्याङ वभर बाट केही पर रहेर फरक शीर्षक र कथामा ‘छ माया छपक्कै’ निर्माण गरेको हो । राजनीतिक तथा सामाजिक मूल कथा उपर मनोरन्जनका विविध आयामहरूले चलचित्रलाई थप रोचक बनाएको छ । फिल्म हेरेर हलबाट निस्किदै गर्दा अधिंकाश दर्शकले चलचित्र मन परेको भन्दै मुक्तकण्ठले तारिफ गरेका छन ।

चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट लगायतका कलाकारहरूले अभिनय गरेका छन ।

‘छ माया छपक्कै’ का कथाकार एवं निर्देशक दीपेन्द्र लामा हुन । रंगपत्रकारितामा लामो समय देखि कलम चलाएका लामाले यस अगाडी ‘घामपानी’ र ‘गोपी’ नामक फिचर फिल्म निर्देशन् गरिसकेका छन । दीपकराज गिरिको पटकथा, हरी हुमागाइको छायांकन, रोशन श्रेष्ठको दन्द, कबिराज गहतराजको नृत्य निर्देशन् रहेको चलचित्र ‘छ माया छपक्कै ‘आमा सरस्वती मुभिज्’ र ‘रोहित अधिकारी फिल्मस्’को संयुक्त ब्यानरमा निर्माण भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो