फिल्म घामड शेरेको ट्रेलर रिलिज, पर्दामा निश्चल-स्वस्तिमा साली-भेना


Filmy Kura, Oct 14, 2019 at 3:56 pm


रियल लाइफमा श्रीमान–श्रीमतीको सम्बन्ध गासेका निश्चल बस्नेत र स्वस्तिमा खड्का साली–भेनाको रुपमा प्रस्तुत भएका छन् । रियल जोडी रिलमा भने साली–भेनाको रुपमा प्रस्तुत चलचित्र हो ‘घामड शेरे’ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच यो चलचित्रको ट्रेलर रिलिज गरिएको हो ।

वास्तविक जीवनमा भने आफू घामड नभएको तर कतिपयलाई त्यस्तो लाग्ने गरेको कलाकार निश्चलको तर्क थियो । पर्दामा आफ्नै बुढीलाई साली भन्दा रमाइलो लागेको घटना उनले सुनाए । यता नायिका स्वस्तिमाले भने बुढालाई भिनाजु भन्न अप्ठेरो लागेको भन्दै सुटिङ सेटमा टेक खाएको स्मरण गरिन् । सोसियल ड्रामा तथा डार्क ह्युमर जनरामा आधारित यो चलचित्रको लेखक तथा निर्देशक हेमराज विसी हुन् । उनले फिल्म सुट गर्दा सुर्खेतको गर्मी क्षण सम्झदै हरतरहबाट ‘घामड शेरे’लाई राम्रो बनाउन मिहेनत गरिएको बताए ।

यो चलचित्र आगामी कात्तिक ८ गते सार्वजनिक प्रदर्शनमा आउँदैछ । तिहार लक्षित चलचित्रको प्रचार प्रसारलाई अझ व्यापक बनाउने काममा निर्माण यूनिट जुटेको छ । चलचित्रमा निश्चल–स्वस्तिमाको अलवा गौरी मल्ल, सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक, रोयदिप, सरोज अर्याल लगायतको अभिनय रहेको छ । चलचित्रमा सिमोस सुनुवार र स्वयम निर्देशक विसीको लगानी रहेको छ । नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो