माछा माछा फिल्मको म्याडम गीत रिलिज (भिडियो)


Filmy Kura, Nov 19, 2019 at 11:25 am


क्राइम कमेडी भनिएको चलचित्र ‘माछा माछा’ को आइटम गीत रिलिज भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फिल्ममा समावेश ‘म्याडम म्याडम’ बोलको गीत सार्वजनिक गरिएको हो ।

गीतमा अभिनेता सौगात मल्लले अभिनेत्री श्रृष्टि श्रेष्ठलाई म्याडमको संज्ञा दिदै अहिलेका युवतीको चर्चा गरेका छन् । सिनेमा आर्टस् र नौतमी इन्टरटेन्मेन्ट प्रस्तुत ‘माछा माछा’ लाई सुनिल गुरुङले लेखन तथा निर्देशन गरेका हुन् । यस चलचित्रमा निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईको लगानी रहेको छ । फिल्ममा सौगात मल्ल, नम्रता श्रेष्ठ, विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, प्रविन खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा, कमलमणी नेपाल लगायतका कलाकारले अभिनय गरेका छन् ।

सार्वजनिक गीतमा अनुपम शर्माको स्वर तथा संगीत रहेको छ । प्रविन सिंहको कोरियोग्राफी रहेको फिल्मलाई शिवराम श्रेष्ठले खिचेका हुन् । निमेश श्रेष्ठ सम्पादित फिल्म यहि मंसिर २० गते सार्वजनिक प्रदर्शनमा आउनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो