कस्तो चल्यो त फिल्म माया पिरिम ?


Filmy Kura, Dec 12, 2019 at 5:53 pm

गएको शुक्रबार देखि देशव्यापी प्रदर्शनमा आएको चलचित्र हो ‘माया पिरिम’ । कमेडी लभस्टोरी जनराको यो चलचित्रलाई हेर्ने प्राय सबैजसो दर्शकले राम्रो फिल्मको संज्ञा दिए । रिलिज पूर्व व्यापक प्रचार प्रसार गर्न नसेका कारण पनि उल्लेख्य मात्रामा दर्शक हल तान्न फिल्मले सकेन । यद्धपि शुक्रबार र शनिबार जति दर्शक हल आए ती दर्शकको वर्ड अफ माउथका कारण आइतबार र सोमबार फिल्म हेर्ने दर्शक भने बढेका थिए ।


युवा निर्देशक टेक पौरखी राईले ‘माया पिरिम’ को निर्देशन गरेका हुन् । फिल्मीकुरासँग संवाद गर्दै उनले भने, ‘हेर्ने दर्शकले फिल्म नराम्रो रहेछ भन्नुभएन । जति दर्शकले हेर्नु भयो उहाँहरुले फिल्म हेरुन्जेल हासो र रोदन दुवैको समिश्रण पाएको प्रतिक्रिया दिनुभयो ।’ उनी फिल्मलाई दर्शकले देखाएको माया र सद्भाव प्रति खुसी देखिए । त्यसो त पछिल्लो समय रिलिजमा आएका अन्य फिल्मको पनि व्यापार सुखद देखिएको छैन । खासगरी युवा लक्षित फिल्म ‘माया पिरिम’ ले उठाएको विषयवस्तु त्रिकोणात्मक प्रेमकथा भित्रको कमेडीमा भने दर्शक हलमा रहुन्जेल मज्जाले हास्न सक्छन् । कलाकार कालु रानाले निभाएको चरित्रमा दर्शक होल्ड हुने प्रशस्त ठाउ रहेको छ । कमेडी प्लटसँगै सस्पेन्स लभस्टोरी फिल्मको सशक्त पार्ट हो । प्रविन थापा र सविन अधिकारीको संयुक्त निर्माण रहेको चलचित्रमा कोशिस क्षेत्री, किरण चन्द र अनुपमा भण्डारीको प्रेमले लिने उतारचढावलाई प्रमुख विषय बनाइएको छ । माया पाउन कुन हदसम्म नारी लाग्छन् भन्ने फिल्मको मुख्य कथासार हो । कलाकार किरण नेपाली चलचित्रको लागि विल्कुलै नयाँ अनुहार हुन् । थिएटरमा अभिनय सिक्दै गरेकी किरणले दर्शकले दिएको प्रतिक्रियाबाट आगामी दिनमा अझ सशक्त ढङ्गले लाग्न प्रेरणा मिलेको बताइन् । उनले आफ्नो तर्फबाट राम्रो गर्ने कोसिस गरेको तर नयाँ भएकाले कतिपय कुराहरुमा अन्जानबस गल्ती भएको समेत स्विकार गरिन् । फिल्ममा देखाइएको जस्तो मायामा भने आफू अहिले परि नसकेको किरणको तर्क थियो । किरण र कोशिसको प्रेममा मुख्य भिलेन भएर देखिएका छन् कलाकार अुर्जुन गुरुङ । उनी ‘भंगेरी डन’ ले दर्शक समक्ष परिचित छन् । आफ्नो फिल्म हलमा अडियन्स सँगै बसेर हेर्दैै गर्दा कतिपय सिनमा भावुक बन्न पुगेको कलाकार गुरुङले बताए । उता निर्माता मध्येका एक सविन अधिकारी यो फिल्मका लेखक समेत हुन् । यस अघि जापान बस्दै आएका उनले फिल्म लेखन र निर्माणमा हात हाल्दा थुप्रै अनुभव संगालेको बताए । युवा पीडिलाई मनपर्ने कथावस्तुमा फिल्म बनाएको बताउँदै उनले भने, ‘म यो क्षेत्रमा निरन्तर लाग्नेछु । लेख्न रुचाउने भएकोले गर्दा अझ आगामी दिनमा नयाँ नयाँ विषयवस्तु खोजी गर्नेछु ।’


सागर बस्नेत कार्यकारी निर्माता रहेको चलचित्र ‘माया पिरिम’ मा जयनन्द लामा, अरुणा कार्की, विशाल पहारी, रमण राई, सदिक्षा महर्जन लगायतका कलाकारको समेत अभिनय रहेको छ । फिल्मको एक रोमान्टिक गीतमा मोडल अन्जली अधिकारी र सलोन बस्नेत फिचर भएका छन् । फिल्मका निर्माता सविन अधिकारीले काठमाडौंमा शोज थपिएको बताए । काठमाडौंका लागि करण क्रेजीले यो चलचित्रको वितरण गरेका हुन् । मोफसलमा एफ.डी कम्पनी वितरित चलचित्रको टोटल कलेक्सन भने सार्वजनिक भइसकेको छैन ।

‘माया पिरिम’ मा श्री श्रेष्ठको एक्सन, शिशिर खातीको कोरियोग्राफी तथा निरज कँडेलको सिनेमेटोग्राफी रहेको छ । निर्देशक राई र निर्माता तथा लेखक अधिकारी अर्को चलचित्र ‘शास्त्र’ को तयारीमा समेत जुटेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो