कलाकार गजित विष्ट बने रावण, २ वर्षको तयारी पछि यस्तो बन्यो गीत (भिडियो)


Filmy Kura, Dec 12, 2019 at 6:44 pm

कलाकार गजित विष्ट रावणको भेषमा देखिएका छन् । मनिष बशिष्ट प्रस्तुत एक गीतको भिडियोमा कलाकार विष्टले रावणको भेषमा नृत्य प्रस्तुत गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा गीतको भिडियो सार्वजनिक गरिएको हो । मनिष बशिष्ठको शब्द, संगीत तथा अवधारणामा तयार गीतमा रावणको स्तुति गान गाइएको छ । साजल न्यौपाने र मनिष बशिष्ठले संयुक्त रुपमा गाएको यस गीतलाई ऋदम कँडेलले एरेन्ज गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै कलाकार गजितले भने, ‘म दुई दशक देखि कला क्षेत्रमा क्रियाशिल छु । सुरुवाती समय कोरियोग्राफरको रुपमा आएको मैले यस गीतमा केही नौलो काम गर्ने प्रयास गरेको छु ।’ सार्वजनिक भिडियोमा नवराज उप्रेतीको छायांकन, नविन निरौलाको सम्पादन तथा गम्भिर विष्टको निर्देशन रहेको छ । गजित आफैले भिडियोको कोरियोग्राफी गरेका छन् ।

यो गीतको अडियो भिडियो दुवै तयार गर्न झण्डै २ वर्ष समय लागेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । भिडियो राम्रो बनेको भन्दै कलाकारद्धय निर्मल शर्मा ‘गैडा’ र सागर लम्साल ‘बले’ ले टिमलाई शुभकामना दिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो