अन्जु र पुरुषोत्तमको स्वरमा सेल्फी किङ्गको जाली रुमाल गीत सार्वजनिक (भिडियो)


Filmy Kura, Dec 13, 2019 at 4:43 pm


चलचित्र ‘सेल्फी किङ्ग’ को लोकलयमा आधारित गीत सार्वजनिक भएको छ । अन्जु पन्त र पुरुषोत्तम सुवेदीको स्वरमा समावेश ‘जाली रुमाल’ बोलको गीत शुक्रबार डिजिटल पार्टनर ओ.एस.आर मार्फत सार्वजनिक गरिएको हो ।

बि पान्डेको शब्द रचनामा सुवास भुषाल संगीतबद्ध गीतमा केकी अधिकारी र भिमफेदी गाइज फिचर भएका छन् । एक सांस्कृतिक कार्यक्रमको सिलसिलामा उल्लेख्य दर्शकका बीच केकी र भिमफेदी गाइजले पस्किएको नृत्य सँगै ‘सेल्फी किङ्ग’ उर्फ विपिन कार्कीको प्रस्तुति गीतमा देखाइएको छ । विपिन कार्की महिला ले झै यो फिल्ममा मेकअप गरेर प्रस्तुत भएको दृश्यले फिल्म कस्तो बनेको होला भन्ने आम दर्शकमा उत्सुकता छ ।

फिल्म अध्ययन गरी आएका विशाल सापकोटाको डेव्यु निर्देशनमा तयार यस चलचित्रमा विपिन कार्की, लक्ष्मी बर्देवा, अभय बराल, भुवन चन्द, लोकमणी सापकोटा, जीवन भट्टराई, सविन बास्तोला, बालदिप राई लगायतका कलाकारको अभिनय रहेको छ । दिनेश राउत र सुभाष थापा निर्मित यो चलचित्र आगामी माघ २४ गते सार्वजनिक प्रदर्शनमा आउँदैछ । सुसन प्रजापतिको छायांकनमा जीवन थापा सम्पादित फिल्मको यस अघि टिजर सार्वजनिक गरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो