प्रताप दासको नयाँ गीत यात्रा सार्वजनिक (भिडियो सहित)


Filmy Kura, Dec 30, 2019 at 5:02 pm


गायक प्रताप दासको ‘यात्रा’ बोलको गीत सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रताप र पूजा मगरको स्वरमा रहेको गीतको म्यूजिक भिडियो रिलिज गरिएको हो ।

सत्यराज एसआरसीको शब्द रचनामा सरोज पोखरेल संगीतबद्ध गीतमा मोडल प्रकाश रमदम र करुणा श्रेष्ठ फिचर भएका छन् । भिडियोलाई सुरेन्द्र बसेलले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । बुद्ध थापाले खिचेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन् । ओएसआर डिजिटल युट्युव मार्फत सार्वजनिक गरिएको गीतलाई लिएर प्रताप दासले विगतका सिर्जना झै यो गीतलाई पनि दर्शक तथा श्रोताले साथ दिने विश्वास व्यक्त गरे । भिडियोलाई सुन्दर बनाउन निकै मिहेनत गरेको निर्देशक बसेलको भनाइ थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो