विराजको तर्क, ‘राम्रो व्यानरका फिल्मलाई सरकारले सहयोग गर्नुपर्छ’


Filmy Kura, Jan 3, 2020 at 6:44 pm


नायक विराज भट्टले राम्रो व्यानरका फिल्मलाई नेपाल सरकारले सहयोग गर्नुपर्ने बताएका छन् । अझै पनि फिल्मले उद्योगको मान्यता नपाएको यो अवस्थामा उनले सरकारी सहयोग रहेमात्र राम्रा उत्कृष्ट चलचित्र निर्माण गर्न प्रोत्साहन मिल्ने बताएका हुन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘साङ्लो’ फिल्मको ट्रेलर रिलिज समारोहलाई सम्बोधन गर्दै उनले सरकारी मातहतबाट सहयोग रहनु पर्ने धारणा राखेका हुन् । डोटीको जोरायल गाउँपालिकाले विराज निर्मित तथा निर्देशित ‘साङ्लो’ लाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो । खानेपानी, विजुली लगायत अन्य कार्यमा गाउँपालिकाले लगानी नगरी एक व्यवसायिक फिल्ममा १० लाख सहयोग गरेको भनि चर्को विरोध भएको थियो । यस विषयमा बोल्दै विराजले भने, ‘राम्रो फिल्मलाई नेपाल सरकारको सपोर्ट सदैव रहनुपर्छ । डोटीको गाउँपालीकाले जिज्ञासा राख्दै फिल्मको लागि आर्थिक सहयोग गरेको हो । मलाई लाग्छ यसले पर्यटन प्रवद्र्धनमा टेवा पुग्छ । त्यहाँको अवस्था र सम्भावना फिल्मको गीत मार्फत पनि चित्रण गरिएको छ ।’

चलचित्रमा मिस नेपाल समेत रहेकी निकिता चण्डक पहिलो पटक नायिकाको रुपमा भित्रिएकी छिन् । उनले टिमवर्क राम्रो रहेको भन्दै विराजबाट धेरै कुरा सिक्न पाएको बताइन् । चरित्र अभिनेत्रा कामेश्वर चौरासियाले चलचित्र क्षेत्र छोड्न लाग्दा विराजको फोन आएको र ‘साङ्लो’ फिल्म गरौ भन्दा अझ उर्जा थपिएको स्मरण गरे । यता फिल्मका संगीतकार तथा गायक राजनराज शिवाकोटीले फिल्ममा समावेश ‘चरिले काफल पाक्यो’ गीत गाएरै सुनाए । विराजको तारिफ गर्दै उनले पहिले देखि काम गर्ने इच्छा हाल आएर पूरा भएकोमा खुसी व्यक्त गरे ।

सार्वजनिक ट्रेलरमा वर्गिय विभेद, महिला हिंसा र एक्सनका दृश्य समावेश छन् । आगामी माघ २४ गते प्रदर्शनमा आउने यस फिल्ममा विराज भट्ट, निकिता चण्डक, जयनन्द लामा, कामेश्वर चौरासिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी लगायतका कलाकारको अभिनय रहेको छ । शिवम अधिकारीको लेखन रहेको चलचित्र ‘साङ्लो’ लाई मानकृष्ण महर्जनले खिचेका हुन् । श्री श्रेष्ठको द्धन्द रहेको चलचित्रमा कविराज गहतराज र रामजी लामिछानेको नृत्य तथा अर्जुन जिसीको सम्पादन रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो