पोलिटिकल इश्युमाथि फिल्म सेन्टी भाइरस, ट्रेलर बन्यो यस्तो (भिडियो)


Filmy Kura, Jan 29, 2020 at 6:55 pm


पोलिटिकल इश्युमाथि निर्माण भएको फिल्म ‘सेन्टी भाइरस’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फिल्मको ट्रेलर रिलिज गरिएको हो ।

भिन्न भिन्न पार्टीमा संल्गन रही राजनीति गर्दा श्रीमान श्रीमतीबीच आउने उतारचढावलाई फिल्ममा रमाइलो ढङ्गबाट प्रस्तुत गरिएको छ । फिल्मको मुख्य भूमिकामा सिताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’, दयाहाङ राई, बुद्धि तामाङ रहेका छन् । रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म आगामी फागुन ९ गते सार्वजनिक प्रदर्शनमा आउँदैछ । समारोहलाई सम्बोधन गर्दै धुर्मुसले भने, ‘फिल्मको व्यापारबाट प्राप्त रकमको ५० प्रतिशत चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि खर्चिने छौ । सबैको साथ र माया पाइन्छ भन्नेमा विश्वस्त छौ ।’ उनले कलाकारिता र सामाजिक कार्यलाई सँग सँगै अगाडि बढाउने बताए । यता सुन्तलीले सानै देखि हिरोइन हुने इच्छा रहेको भन्दै त्यो चाहाना २८ वर्षपछि पूरा भएको बताइन् ।

चलचित्रलाई कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन् । डिन्डु लामाको लगानीमा तयार ‘सेन्टी भाइरस’ मा शैलेन्द्र डि कार्कीको छायांकन तथा निमेष श्रेष्ठको सम्पादन रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो