दीपाश्री भन्छिन्, ‘हरिवंशपछिको क्षमतावान कलाकार धुर्मुस’


Filmy Kura, Jan 29, 2020 at 7:42 pm


हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौलाले हरिवंश आचार्य पछिको क्षमतावान कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ भएको बताएकी छिन् । फिल्म ‘सेन्टी भाइरस’ को ट्रेलर रिलिज समारोहमा पुगेकी निर्देशक निरौलाले धुर्मुस अलराउण्डर कलाकार रहेको भन्दै भिन्न भिन्न क्यारेक्टर जन्माउन सक्ने क्षमताको तारिफ गरेकी हुन् ।

उनले भनिन्, ‘धुर्मुस अलराउण्डर कलाकार हो । वास्तवमै भन्ने हो भने हरिवंश पछि धुर्मुस हो । मलाई धुर्मुस–सुन्तली समाज सेवा सँगै पर्दामा आउन भन्ने थियो । त्यो पूरा भएको छ ।’ दीपाले धुर्मुस–सुन्तलीलाई साईनोले भदा बुहारी भन्ने गरेकी छिन् । राजनीतिक विषयमा निर्माण गरिएको फिल्मले दर्शकको मन जितोस् भन्दै उनले टिमलाई शुभकामना समेत दिइन् ।

दीपक–दीपाको टिमबाट निर्मित ‘छ एकान छ’ र ‘वडा नम्वर ६’ मा धुर्मुसले अभिनय गरेका थिए । त्यस यता यो टिमबाट निर्मित फिल्ममा भने सामाजिक कार्यमा व्यस्त रहेका कारण धुर्मुसले समय दिन सकेका थिएनन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो