पत्रकार सुब्रतको निर्देशनमा के घर के डेरा, वर्षा-विपिन लिडमा


Filmy Kura, Feb 3, 2020 at 6:49 pm


साढे दुई दशक देखि रंग पत्रकारिता गर्दै आइरहेका सुब्रत आचार्यको निर्देशनमा चलचित्र ‘के घर के डेरा’ निर्माण हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यो फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो ।

चलचित्रमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, लुनिभा तुलाधारको मुख्य भूमिका रहनेछ । सिंगे लामाको निर्माणमा बन्न लागेको चलचित्र आगामी चैत्रको पहिलो साताबाट छायांकनमा जानेछ । समारोहमा बोल्दै कलाकार वर्षाले स्क्रिप्ट के कस्तो छ भन्ने कुरामा भन्दा टिम राम्रो रहेकाले यो फिल्ममा जोडिएको बताइन् । निर्देशक सुब्रतले यस अघिको गल्ती कमजोरी सुधार्दै कमर्सियल फिल्म दिने प्रयास आफूले गर्ने भनाइ राखे । उनले यस अघि दुईवटा फिल्म निर्देशन गरिसकेका छन् । कलाकार दयाहाङले यो सहकार्यबाट राम्रै रिजल्ट आउनेमा आशा व्यक्त गरे ।

२०७७ सालको तीजमा फिल्मको प्रदर्शन मिति तय गरिएको छ । अन्य कलाकार छनोट हुन बाँकी रहेको फिल्म निर्माण टिमले जनाएको छ । दिर्घ गुरुङले खिच्ने चलचित्रमा शंकर थापा स्माइलको संगीत रहनेछ । समारोहमा चलचित्र राम्रो बनोस् भनि हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले शुभकामना दिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो