‘ए मेरो हजुर ४’ को शुभमुहूर्त सँगै छायांकन प्रारम्भ


Filmy Kura, Feb 28, 2020 at 11:58 am


चलचित्र ‘ए मेरो हजुर ४’ को शुभमुहूर्त सँगै छायांकन प्रारम्भ भएको छ । शुक्रबार काठमाडौंमा रहेको कार्यविनायक मन्दिरमा चलचित्र यूनिटले क्यामेरा पूजा–आजा गर्दै फिल्मको शुभमुहूर्त गरेका हुन् ।


कलाकार अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत लगायतको मुख्य भूमिका रहने फिल्मलाई झरना थापाले निर्देशन गर्नेछिन् । काठमाडौं, ललितपुर, पोखरा, यूरोप र ओमनमा फिल्मको छायांकन गरिनेछ । सुनिल कुमार थापाले निर्माण गर्ने यो चलचित्र प्रेमकथामा आधारित रहेको छ । २०७७ को वडादशैंलाई रिलिज मिति तोक्दै आजबाट फिल्मको छायांकन सुरु गरिएको हो ।

अनमोल–सुहानाको जोडीलाई यस अघि ‘ए मेरो हजुर ३’ मा दर्शकले निकै मन पराएका थिए । अभिनेत्री झरना थापाले ‘ए मेरो हजुर २’ बाट निर्देशन यात्रा थालनी गरेकी हुन् । उनी निर्देशित फिल्म व्यापारिक रुपमा सफल छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो