पत्रकार फूलमान निर्देशित फिल्म ‘नीरफूल’ को ट्रेलर रिलिज


Filmy Kura, Mar 3, 2020 at 7:56 pm


२ दशक देखि रंग पत्रकारिता गर्दै आइरहेका पत्रकार फूलमान वल निर्देशित चलचित्र ‘नीरफूल’ को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

२०७२ सालको भूकम्पले पारिवारिक रुपमा विछोड गराएको कथा यो चलचित्रले बोल्नेछ । ट्रेलर रिलिज समारोहमा बोल्दै निर्देशक वलले यो फिल्मले भूकम्प जादा भत्किएका घरको कथा नभई मन भत्किएको कथा भन्ने बताए । फिल्ममा कन्टेन्ट र समाज दुवै पस्किएको निर्देशक वलको भनाइ थियो । ‘नीरफूल’ मा दयाहाङ राई, शान्ति वाईवा, पुष्कर गुरुङ, बुद्धि तामाङ, जिग्मे छ्योकी घिसिङ लगायतका कलाकारको अभिनय रहेको छ । दयाहाङले बाचेर भोगेको जीवनकथा माथि ‘नीरफूल’ केन्द्रित रहेको बताए । उनले सुटिङ गर्न जादा बाटोमा चट्याङ पर्दाको घटना समारोहमा सुनाएका थिए । बालकलाकार जिग्मेले कार्यक्रममा गीत गाएर सुनाइन् । सोनम डोमा कार्यकारी निर्माता रहेको फिल्म आगामी चैत्र ७ गते प्रदर्शन हुँदैछ ।

चलचित्रमा प्रमोद कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, राजेन्द्र राजबहकको कोरियोग्राफी तथा अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको छ । फिल्मको स्क्रिप्ट निर्देशक वल र सचिन घिमिरेले लेखेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो