गोपालकाजीको निर्माणमा लुँयागु तक्मा, फिल्मको गरियो शुभमुर्हत


Filmy Kura, Dec 16, 2020 at 1:11 pm


लामो समय दखि चलचित्र निर्माण तथा वितरणमा सक्रिय रहेका गोपालकाजी कायस्थले ‘लुँयागु तक्मा’ नामक नेपालभाषाको चलचित्र निर्माण गर्ने भएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यो फिल्मको शुभमुर्हत गरिएको हो ।

बरिष्ठ हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । यो चलचित्रलाई सुरेन्द्र तुलाधरले लेखन तथा निर्देशन गर्नेछन् । चलचित्रमा विशेषत एक पिताले आफ्ना सन्तानहरुको उन्नतिका लागि आफ्नो जिम्मेवारी बहन गरेर हुर्काउने तर छोराछोरीलाई भने माया उल्टो हुन विषयलाई मार्मिक ढंगले प्रस्तुत गरिने निर्माण कम्पनी सुखावती मल्टी प्रोडक्सनले जनाएको छ । चलचित्र राम्रो बनोस् भनि बरिष्ठ कलाकार नीर शाह, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का लगायतले शुभकामना दिएका थिए ।

यो चलचित्रमा मानकृष्ण वावा, सुरज व्यञ्जनकार, भोगेन्द्र मानन्धर, रोजिना सुवाल, रञ्जना सितिखु सहित नवकलाकार रिजन महर्जन र हसना महर्जनको मुख्य भूमिका रहनेछ । रञ्जना सितिखु कार्यकारी निर्माता रहेको चलचित्र ‘लुँयागु तक्मा’ लाई देवेन्द्र महर्जनले छायांकन गर्नेछन् ।

कलाकार मानकृष्ण वावाको पछिल्लो समय स्वास्थ्य समस्या देखिएको छ । उनको स्वास्थ्य संरक्षण कोषका लागि यो चलचित्रको निर्माण गर्न लागिएको सुखावती मल्टी प्रोडक्सनले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो