शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो


Filmy Kura, Mar 28, 2021 at 3:34 pm


शम्भुजीत बास्कोटा नेपाली गीत संगीत प्रेमी श्रोताको लागि चिनाइरहनु पर्ने नाम होईन । विगत ५ दशक देखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय बास्कोटा नेपाली टेलिभिजनमा रियालिटी शो सुरु गर्ने पहिलो यक्ति हुन् । सन् १९८७ मा उनले नेपाल टेलिभजनको पर्दामा ‘प्रतिभाको डबली’ नामक रियालिटी शो सञ्चालनमा ल्याएका हुन् । हाल नेपालमा थुप्रै इन्टरनेशनल फ्रेन्चाइच शो भित्रिसकेका छन् । कतिपय टेलिभिजनमा भने नपाली माटो सुहाउदो अर्गानिक शो पनि सञ्चालित छन् ।

केही दिन पहिले नेपाल टेलिभिजनले ‘दोहोरी च्याम्पियन’ नामक मौलिक लोक तथा दोहोरी गीत सँग सम्बन्धित रियालिटी शो प्रसारणमा ल्याएको छ । उक्त शोको पहिलो एपिसोड प्रसारणमा आए लगत्तै दर्शकले जजहरु माथि नै प्रश्न उठाएका छन् । प्रतिस्पर्धीले गाएको गीतमा भन्दा पहिरनमा जज ज्यादा केन्द्रित भएको, दोहोरी क्षेत्रमा नाम बनाइ सकेका गायक गायिकालाई समेत प्रतिस्पर्धीको रुपमा उभिदा जजले नचिने झै व्यवहार गरेको भन्दै उक्त कार्यक्रमको आलोचना भयो । यसो हुनुमा जजहरुले पर्याप्त होमवर्क नगरी कमेन्ट गर्नुको नतिजा भएको बरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाको बुझाई छ ।

उनले अन्य रियालिटी शो भन्दा सिंगिङ रियालिटी शोमा प्रतिस्पर्धी तथा दर्शकको आकर्षण बढी भएको बताए । प्रतिभा भएकाहरुका लागि यस्ता रियालिटी शो करियर बनाउनको लागि कोसेढुङ्गा सावित हुने भन्दै उनले नेपालमा विभिन्न खालका रियालिटी शो प्रसारणमा आउनुलाई सकारात्मक रुपमा लिनुपर्ने धारणा राखे । कुनै समय प्रतिभा राख्नको लागि रेडियो नेपाल बाहेक अन्य प्लेटफर्म थिएनन् । रेडियो नेपालको पहुँच सम्म पुग्न आफैमा कठिन संघर्ष गर्नुपथ्र्यो तर अहिले सञ्चार माध्यमको विकासले दुरदराजका प्रतिभा क्षण भरमै विश्वभर छरिएर रहेका नेपाली माझ पुगिरहेका छन् ।

आफ्नो जीवन कालमा उत्कृष्ट संगीत नेपाली श्रोता तथा दर्शकमाझ पस्किएका उनै बरिष्ठ संगीतकार शम्भुजीत बास्कोटासँग फिल्मीकुरा टिभीले पछिल्लो समय प्रसारित रियालिटी शोका बारेमा कुराकानी गरेको छ । के भन्छन् त उनी रियालिटी शो का बारेमा ? प्रस्तुत छ यो भिडियो कुराकानी ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
गोपालकाजीको निर्माणमा लुँयागु तक्मा, फिल्मको गरियो शुभमुर्हत