नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ


Filmy Kura, Mar 28, 2021 at 6:02 pm


धेरैलाई थाहा नहुन सक्छ बरिष्ठ कलाकार नीर शाह र मदनकृष्णबीच गहिरो मित्रता छ भन्ने कुरा । त्यसो त मदनकृष्णको नाम लिनसाथ हरिवंश आचार्यलाई छुटाउन चाहादैनन् दर्शक । महको मित्रताको बारेमा त सबै जानकार नै छन् । विगत ४ दशक देखिको उनीहरु बीचको मित्रता धेरैका लागि प्रेरणादायी र उदाहरणीय बनेको छ ।

नेपालमा टेलिभिजनको जग बसाउने बरिष्ठ कलाकार नीर शाह र हास्यव्यङ्ग्य क्षेत्रका शिखर व्यक्तित्व मदनकृष्णले पहिलो पटक एक अर्काको बारेमा खुलेर कुरा गरेका छन् । फिल्मीकुरा टिभीको अन्तर्वार्तामा एकसाथ प्रस्तुत भएका यी दुईले भने, ‘हामीबीचको मित्रता धेरैलाई थाहा नहुन सक्छ । हामी असाध्यै मिल्छौ ।’ त्यसो त नीर शाहले स्थापना गरेको नेपाल टेलिभिजन कै कारण रंगमञ्चमा सिमित रहेको मह जोडीको कलाकारिताले अझ व्यापक रुप पाएको थियो । मह जोडीले थुप्रै सिरियल नेपाल टेलिभिजनका लागि निर्माण गरे । उनीहरुले निर्माण गरेको सिरियल दर्शकको पहिलो रोजाईमा पर्न सफल भयो ।

नीर र मदनकृष्णले आफ्नो जीवनको सम्पूर्ण समय नै कलाकारितामा व्यतित गरे । मृत्यु पश्चात लोकले कसरी सम्झियोस् भन्ने लागेको छ त भन्ने प्रश्न गर्दा यी दुईले रोचक जवाफ समेत दिए । प्रस्तुत छ बरिष्ठ कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र नीर शाहसँग गरिएको यो विशेष कुराकानी ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो
गोपालकाजीको निर्माणमा लुँयागु तक्मा, फिल्मको गरियो शुभमुर्हत