बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’


Filmy Kura, Mar 29, 2021 at 12:15 pm


नेपाल आइडल सिजन वानका विजेता बुद्ध लामा र सिजन ३ मा टप ८ सम्मको यात्रा तय गरेकी रचना रिमालले ‘जाले रुमाल’ गीत रेकर्ड गराएका छन् । आइतबार काठमाडौंको रहेको स्टुडियो वानमा यी दुईको युगल आवाजमा नयाँ गीत रेकर्ड गरिएको हो ।

राहुल प्रधानको एरेन्ज रहेको ‘जाले रुमाल’ मा स्वयम गायक बुद्ध लामाको संगीत रहेको छ । गीत निकै रमाइलो भएको गायक लामाले बताए । उनले छिट्टै भिडियो छायांकनको तयारी भइरहेको भनाइ राखे । अल्बिन थापाको शब्द रचना रहेको गीतको भिडियो बुद्ध लामा युट्युव च्यानलबाट रिलिज गरिनेछ ।

गीत रेकर्डिङमा भेटिएका बुद्ध र रचनाले एक अर्काको गीत समेत गाएर सुनाए । फिल्मीकुरा टिभीको अन्तर्वार्तामा खुलेर प्रस्तुत भएका यी दुईले आगामी दिनमा पनि सहकार्य गर्दै जाने भनाइ राखे । टाइटल विजेता भन्दा बढी व्यस्त बनेकी छिन् गायिका रचना रिमाल । एक वर्षको अन्तरालमा उनले दर्जनौ गीतमा आवाज भरिसकेकी छिन् ।

प्रेममा पर्दा रुमाल साट्ने कतिको गरियो त भन्ने प्रश्न गर्दा यी दुईले हास्दै के जवाफ दिए त ? हेरौ यो भिडियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो
गोपालकाजीको निर्माणमा लुँयागु तक्मा, फिल्मको गरियो शुभमुर्हत