सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स


Filmy Kura, Mar 29, 2021 at 7:59 pm


गायक सुगम पोखरेल र गायिका सोना अमात्यको युगल आवाज रहेको गीत ‘मेरो माया करोडमा’ सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच दीपक शर्माको शब्द तथा संगीत रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

सार्वजनिक भिडियोमा सागर लम्साल ‘बले’, गोविन्द सिंह र सोना फिचर्ड छन् । एकपछि अर्को म्युजिक भिडियोमा व्यस्त सागरले कोरियोग्राफरले सिकाए बमोजिम नै नृत्य गर्न कोसिस गरेको बताए । सुभम भूजेलले कोरियोग्राफी गरेको भिडियोलाई गम्भिर विष्टले निर्देशन गरेका हुन् । दीपक आचार्यको कन्सेप्टमा तयार भिडियो ‘सोना अमात्य’ नामक युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

करिब तीन दर्जन गीतमा आवाज भरेकी सोनाले यस गीतको टिकटक भिडियो प्रतिस्पर्धाको घोषणा समेत गरिन् । ‘तिम्रो माया करोडमा’ टिकटक बनाउने मध्येबाट उत्कृष्टले तृतिय पुरस्कार स्वरुप दश हजार, द्धितिय हुनेले बीस हजार र प्रथम हुनेले ५० हजार नगद पुरस्कार प्राप्त गर्न सक्नेछ । टिकटक प्रतियोगीताको रिजल्ट तीन साता पछि सार्वजनिक गरिनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो
गोपालकाजीको निर्माणमा लुँयागु तक्मा, फिल्मको गरियो शुभमुर्हत